मदिरामा नया मापदण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 05:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मदिरा (रक्सी) मा हुने मिसावट रोक्न मापदण्ड जारी गर्ने भएको छ । रक्सी मिसावटले उपभोक्ता बिरामीसमेत पर्ने घटना भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रक्सीको मापदण्ड जारी गर्न लागेको हो । विभागले तयार पारेको मापदण्ड राजपत्रमा सूचना प्रकाशित गर्नका लागि कृषि मन्त्रालयमा पेस गरेको छ । ‘रक्सीको गुणस्तरमा स्वच्छता, हानिकारक वस्तुहरू मिश्रण नहोस् भनेर मापदण्ड बनाएका छौं,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘मापदण्ड मन्त्रालयमा छ । 

राजपत्रमा प्रकाशित भएपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।’ विभागले ह्वीस्की, रम, भोड्का, ब्रान्डी र जिनको मापदण्ड तयार गरेको छ । 

मापदण्डअनुसार ह्वीस्की भन्नाले कुनै पनि अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीव रासायनिक प्रक्रियाद्वारा किन्वन (फर्मेन्टेसन) गरी डिस्टिलेसन प्रक्रियाद्वारा प्राप्त डिस्टिलेट अल्कोहलजन्य पदार्थलाई जनाउँछ । उत्पादन गर्ने देश, प्रयोग गरिने कच्चा पदार्थ, उत्पादनको प्रक्रिया, प्रविधि आदिको आधारमा हवीस्की विभिन्न प्रकारका हुन सक्ने उल्लेख छ । 

ह्वीस्कीमा चारित्रिक स्वाद र बास्ना हुनुपर्नेछ । यसमा केरामेल रङ वा अन्य स्वीकृत खाद्य योगशील तथा स्वीकृत बास्नाहरू प्रयोग गर्न सकिनेछ । परिपक्व भनी लेखिएको हवीस्कीलाई कम्तीमा १ वर्ष ओकको भाँडामा राखी भण्डारण गरिएको हुनुपर्नेछ । तर, ह्वीस्कीमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पराडिहाइडलगायत नसालु, साइकोट्रपिक पदार्थ तथा क्याफिनको उपस्थिति हुनु मान्य हुँदैन । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved