
 2mb (1).gif)
एक साताको अवधिमा ५ सय ९ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको आन्तरिक राजस्व विभागले हाल अनुगमन पुनः सुस्त बनाएको छ ।
चाडपर्वको मुखमा उपभोक्ता ठगी भएको गुनासोपश्चात् विभागले भदौ २७ देखि अनुगमन तीव्र बनाएको थियो । विभागले असोज ४ गतेसम्म ३ हजार १ सय ८६ व्यावसायिक फर्ममा अनुगमन गरी ५ सय ९ करदातालाई कारबाहीको दायरामा ल्याएको थियो ।
व्यवसायीले उपभोक्तासँग उच्च मूल्य असुुल गर्ने, बिलबीजक जारी नगर्ने, न्यूनबीजकीकरणलगायत फेला परेपछि कारबाही गरेको विभागको दाबी थियो । तर, त्यसपश्चात् अनुगमन सुस्त देएिको छ । विभागले अनुगमनलाई तीव्र बनाएको दाबी गरे पनि २५ दिनको अवधिमा ७ सय १९ व्यावसायिक फर्ममा मात्रै अनुगमन भएको छ । त्यसक्रममा १ सय ६ करदातालाई कारबाही गरेको विभागको तथ्यांक छ । कान्तिपुरमा खबर छ ।