१० बुँदे सहमतिपछि डाक्टर केसीले अनशन तोडे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2017 | 05:04:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्ना माग अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकार प्रतिवद्ध भएपछि प्राध्यापक डा। गोविन्द केसीले अनशन तोडेका छन्। प्रतिपक्षी नेकपा एमाले—माओवादी केन्द्रको विरोधका कारण संसदबाट विधेयक पारित गर्न असफल भएको सरकार अध्यादेशबाट भएपनि विधेयक ल्याउन तयार भएपछि डा। केसीले १४ औं दिनमा अनशन तोडेका हुन। डा। केसीले १० वर्षीया बालिका रोजिना तामाङका हातबाट महसहितको पानी पिएर अनशन तोडेका छन्।

त्यसअघि माथेमा प्रतिवेदन र डा। केसीका सुझाव बमोजिम उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले तत्कालीन व्यवस्थापिका संसदको सचिवालयमा पेश गरेको विधेयक संसोधनसहित राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्ने सहमति भएको थियो।

तर डा। केसीले सरकारको प्रतिबद्धता अनुसार विधेयक अध्यादेशबाट नआए पुनः अनशन बस्ने चेतावनी दिएका छन्। ‘सरकारले माग पुरा गर्न प्रतिवद्धता जनाएको छ। त्यसले सकारात्मक सन्देश दिएकाले हाललाई मैेले अनशन तोड्ने निर्णय गरेको छ,’डा। केसीले पानी पिउनु पहिले भने,‘सहमति कार्यान्वयन भएन भने मेरो सत्याग्रह जारी रहने छ।’

डा। केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई फोनमा कुरा गरेका थिए। प्रधानमन्त्री देउवाले सम्झौता कार्यान्वय गर्ने प्रतिवद्धता जनाएपछि डा। केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

डा। केसी पक्षले माग कार्यान्वयनका लागि सरकारसँग ‘ग्यारेन्टी’ खोजेपछि पटकपटक वार्ता अवरुद्ध भएको थियो। तर, पूर्व स्वास्थ्यमन्त्री गगन थापा लगायतको मध्यस्थतामा बुधबार सरकार र डा।केसीपक्षबीच अन्य १० बुँदे सम्झौता समेत भएको आजको अन्नपूर्णपोष्टमा खबर छ।

डा। केसी र सरकारबीच विपन्नको उपचार, चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क र सर्वसुलवको कानुनी व्यवस्था गर्न आगामी दिनमा चिकित्सा शिक्षा नियमावली र निर्देशका निर्माण गर्ने सम्झौता भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved