नेपाल टेलिकममो मोवाइलमा रिचार्ज गर्दा १० रुपैया बानेस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2017 | 05:16:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले तिहारलाई लक्षित गर्दै आफ्ना सेवामा अफर ल्याएको छ । टेलिकमले बुधबारदेखि १५ गतेसम्मका लागि यो योजना लागू हुने जनाएको छ ।

कम्पनीका अनुसार रिचार्जतर्फ जीएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा ५०, १००,२००,५०० र १००० रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत बोनस दिएको छ । १० रुपैयाँ र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दासमेत १० प्रतिशत बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर कात्तिक १ गतेदेखि ३ गतेसम्म रहनेछ । युट्युब डाटा प्याकमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकअन्तर्गत १ सय रुपैयाँमा १ जीबी डाटा भोल्युम प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ ।

यो प्याक कात्तिक १५ गतेभित्र लिइसक्नुपर्नेछ । कम्बो प्याकमा जीएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने कारोबारमा खबर छ ।

यो एक दिनमात्रै प्रयोग गर्न मिल्छ । कम्पनीका अनुसार २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँचदिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र  ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनायो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved