एउटै फार्मबाट दैनिक एक लाख ४० हजार अन्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2017 | 05:22:32 AM मा प्रकाशित

laxmi  sunrise bank

 स्याङ्जाको साविक खिलुङदेउराली ८ ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो । साविक पुतलीबजार नगरपालिका र खिलुङको सिमाना हेलु बजारबाट पुल तरेपछि कुनेटोमा रहेको खेत अहिले औद्योगिक क्षेत्रका रूपमा विस्तार भएको छ । वरिपरि पहाड तथा जंगलले घेरिएको भूभागबीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याललगायत समूहले युवालाई रोजगारी दिएका छन् ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट अर्याल राजनीतिमा पनि सक्रिय छन् । गाउँमा करोडौं रुपैयाँ लगानी गरेर उनी जिल्लामा हालसम्मकै ठूलो उद्योग बनाउन सफल भएका छन् । भीरकोट नगरपालिका खिलुङ कालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउँमा स्थापना गरिएको मुलुककै अत्याधुनिक ‘लेयर्स कुखुरा फर्मु चार वर्षदेखि सञ्चालनमा ल्याइएको छ । जर्मनी प्रविधि ‘ब्याट्री केजु प्रणालीबाट सञ्चालित उक्त फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ ।

पूर्ण स्वचालित उक्त ब्याट्रिकेज कुखुरा फार्मबाट अन्डा उत्पादन सुरु भइसकेको छ । जर्मनीको आधुनिक प्रविधिद्वारा सञ्चालित फार्ममा लक्ष्यअनुरूप अन्डा उत्पादन सुरु भएको छ । मुलुककै पहिलो स्वचालित एग्रो फार्मबाट हाल दैनिक एक लाख ४० हजारभन्दा बढी अन्डा उत्पादन हुने गर्छ ।

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा दुई लाख कुखुराका लागि चारवटा ठुल्ठूला भवन निर्माण गरिएको छ । एउटा भवनमा ५० हजार चल्ला हुर्काउन मिल्ने गरी तीनवटा भवन निर्माण गरिएका छन् । बन्द घरभित्र रहेका ती चल्लाले चार महिनामा अन्डा दिने र दैनिक एक लाख ३५ हजार अन्डा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । ‘वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकताअनुसार दाना, पानीलगायत आवश्यक खाद्यवस्तु मेसिनद्वारा तयार पारिन्छ भने मेसिनको प्रयोग गरी अन्डा पनि एकीकृत रूपमा एकै ठाउँ जम्मा पारिन्छु, कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने । अन्नपूर्णमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved