३२ जिल्लामा उम्मेदवारी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 04:54:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार चयनमा दलहरूले केही ढिला गर्दा मनोनयन साँझसम्म पनि चलेको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

निर्धारित समयमा निर्वाचन कार्यालय पुगेका दललाई साँझसम्म मनोनयन गर्ने व्यवस्था मिलाइएको थियो ।प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको अन्नपूर्णमा खबर छ ।

आयोगका अनुसार १ सय ११ सिटका लागि ८ सय २ उम्मेदवारले उम्मेदवारी दिएका छन् । राजनीतिक दलले चुनावी तालमेल गरेका कारण उम्मेदवारको संख्या कम भएको आयोगका प्रवक्ता नवराज ढकालले अन्नपूर्णलाई बताए । उम्मेदवारको संख्या कम हदा  मतपत्रको डिजाइन र छपाइमा पनि सहज हुने उनले सुनाए । मनोनयन दर्ता गरेका उम्मेदवारलाई कात्तिक ८ मा निर्वाचन चिह्न वितरण गरिनेछ ।

हेर्नुस क कसले गरे उम्मेदवारी दर्ता ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved