चुनावी मैदानमा व्यवसायी, कसले कहाँबाट दिए उम्मेदवारी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 06:09:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा एक दर्जनभन्दा बढी राष्ट्रिय स्तरका व्यवसायी पनि चुनावी मैदानमा होमिएका छन् । विभिन्न राजनीतिक दलको टिकटमा चुनाव लडेका व्यवसायीहरूमध्ये धेरैजसो निर्माण व्यवसायसँग सम्वद्ध छन् भने कतिपय पर्यटन, वैदेशिक रोजगार, कार्गो, क्यासिनो तथा ढुवानी व्यवसायसँग सम्बन्धित छन् । 


नेपाली कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई टिकट दिएको छ भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेबाट पनि केही व्यवसायीले टिकट पाएका छन् । कांगेसबाट प्रतिनिधिसभामा मनाङबाट टेकबहादुर गुरुङ र रामेछापबाट पूर्णबहादुर तामाङ ९कान्छाराम०, र रसुवाबाट मोहन आचार्यले मनोनय दर्ता गराएका छन् । यस्तै, बाम गठबन्धनका तर्फबाट नेकपा रसुवाबाटै एमालेका जनार्दन ढकालले मनोनयन दर्ता गराएका छन् । पूर्वमन्त्रीसमेत रहेका गुरुङ वैदेशिक रोजगार व्यवसायी हुन् भने तामाङ र आचार्य दुवै क वर्गका निर्माण व्यवसायी हुन् । आचार्यको औषधि उद्योग र वैंकमा समेत लगानी छ । निर्माण व्यवसायी ढकाल भने यसअघि पनि रसुवाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । कारोबार दैनिकमा खबर छ ।

प्रदेशसभातर्फ कांगेसले सोलुखुम्बु क बाट नेपाल फ्रेट फरवार्डर्स एसोसिएनसनका अध्यक्ष प्रकाशसिंह कार्कीले मनोनयन दर्ता गरेका छन् । कार्गो तथा पर्यटन व्यवसायी कार्की नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य हुन् । सोलुखुम्बु जिल्लामा पर्यटनको अथाह सम्भावना भएकाले यसका माध्यमबाट देशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजागारी जाने युवाहरूलाई रोक्न प्रयास गर्न आफूले उम्मेदवारी दिएको कार्की बताउँछन् । “अहिलेसम्म व्यवसाय गरेँ, अब सोलुखुम्बुका जनतालाई सेवा गर्ने र यहाँको आर्थिक विकासमा लाग्ने लक्ष्य छ,” उम्मेदवारी दर्तापछि उनले भने, “विशुद्ध जनताको सेवाभावले म राजनीतिमा सक्रिय भएको हुँ, मेरो व्यवसायमा पनि राजनीतिको प्रभाव पर्न दिने छैन ।” 

गोरखा १ (ख) बाट मनोनयन दर्ता गराएका राजेन्द्र बजगार्इं बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजका नेपालस्थित कार्यकारी अध्यक्ष हुन् । उनको कम्पनीले भैरहवामा हालै पाँचतारे होटल निर्माण गरेको छ भने काठमाडांैमा सांग्रिला क्यासिनो संचालन गरिरहेको छ । उनी ‘विकासका लागि राजनीति’को आफ्नो जीवन दर्शन लागू गर्न निर्वाचनमा सहभागी भएको बताउँछन् । प्रतिनिधिसभामै आफ्नो दावी रहे पनि पार्टीको निर्णय शिरोपर गर्दै प्रदेशसभाका लागि उम्मेदवारी दिएको बताउने बजगाईं नेपाली कांग्रेसको महाधिवेशनमासमेत केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । यस्तै, सिन्धुपाल्चोक १ ९क० बाट मनोनयन दर्ता गराएका राजेन्द्रकुमार श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य हुन् । पिपुल्स प्लाजाका सञ्चालक श्रेष्ठ सिन्धु विकास बैकका अध्यक्ष पनि हुन् । उनको मुख्य व्यवसाय भने आयात–निर्यात हो । यस्तै, सिन्धुपाल्चोक १ ९ख० बाट मनोनयन दर्ता गराएका विष्णुकुमार खत्री निर्माण हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष हुन् । उनी पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका पूर्वकार्यकारिणी सदस्य हुन् । उनी पनि आयात–निर्यात व्यवसायमा संलग्न छन् । 

पर्यटन क्षेत्रमा बुद्धिजीविको पहिचान बनाएका रमेश धमला ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल९टान० का निवर्तमान अध्यक्ष हुन् । धमलाले धादिङ २ ९ख० बाट मनोनयन दर्ता गराएका छन् । उनी पर्यटनलगायतका व्यवसायसँग सम्बन्धित छन् ।  

मैदानमा को को ?

प्रतिनिधिसभा

टेकबहादुर गुरुङ    मनाङ (कांग्रेस) 

कान्छाराम तामाङ    रामेछाप (कांग्रेस)

जनार्दन ढकाल    रसुवा (एमाले)

मोहन आचार्य    रसुवा (कांग्रेस)

प्रदेशसभा

प्रकाशसिंह कार्की    सोलुखुम्बु क (कांग्रेस)

राजेन्द्र बजगाईं    गोरखा २ ख (कांग्रेस)

राजेन्द्र श्रेष्ठ        सिन्धुपाल्चोक १ क (कांग्रेस)

विष्णु खत्री        सिन्धुपाल्चोक १ ख (कांग्रेस)

रमेश धमला        धादिङ २ ख (कांग्रेस)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved