पूर्व राजा ज्ञानेन्द्रलाई कसले उचाल्यो ? हेर्नुस कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 07:10:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरह“दा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन् ।

पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका छन् । कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेर भाइटीका लगाएपछि सञ्चारकर्मीसँग उलने भने, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’

बिनाविभागीय मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत पूर्वराजाले मौकाको फाइदा लिन खोजे पनि त्यो असम्भव रहेको बताउँछन् । ‘शाहको पुनरुदय सम्भव छैन’, उनले भने, ‘वामपन्थी गठबन्धनविरुद्ध देशीरविदेशी शक्तिले उचालेको भरमा सायद उनी बोलेका होलान् । तर, यसको कुनै अर्थ देख्दिनँ ।’ अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved