एनआईसी एसिया बैंक ‘स्विफ्ट ह्याकुप्रकरण : ह्याक ४१ करोड, भुक्तानी १० करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2017 | 05:44:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याकुगरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर ९करिब ४१ करोड रुपैयाँ० भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिए।


 एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराएपछि राष्ट्र बैंकले आइतबारदेखि अुनसन्धान थालेको हो। राष्ट्र बैंकको टोलीसँगै एनआईसी एसिया बैंकले पनि अनुसन्धानका लागि भारतबाट विज्ञ झिकाएको छ। राष्ट्र बैंक र एनआईसी एसिया बैंक दुवैले औपचारिक रूपमा घटनाको विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्र बैंकका अनुसार नेपालमा स्विफ्ट ह्याक गरेर विदेशमा रकम पठाएको यो पहिलो घटना हो। अन्नपूर्णमा खबर छ । 

कुकुर तिहार र लक्ष्मीपूजाका दिन ह्याकरले स्विफ्ट ह्याक गरी भुक्तानीका लागि विभिन्न ६ देशमा अर्डर गरेको अनुसन्धानमा देखिएको छ। राष्ट्र बैंकले सम्बन्धित देशका केन्द्रीय बैंकलाई ह्याकरले अर्डर गरेको रकम भुक्तानी नगर्न पत्राचार गरिसकेको छ। साथै, भुक्तानी भइसकेको रकम पनि फिर्ता गराउन आग्रह गरेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले अन्नपूर्णसँग बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved