टेलिकमको सिम निःशुल्क

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 04:27:40 AM मा प्रकाशित

laxmi  sunrise bank


 नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाले पश्चिम नेपालका विभिन्न जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा बीटीएस टावर स्थापना गरी मोबाइल सेवा प्रदान गरेको छ । चाडपर्वलाई लक्षित गर्दै पश्चिम नेपालका विभिन्न ग्रामीण क्षेत्रमा बीटीएस टावर स्थापना गर्दै सर्वसाधारणलाई निःशुल्क सिम कार्डसमेत वितरण गरेको छ । 


चाडपर्वका बेलामा नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्दा पश्चिम नेपालका हजारौं सर्वसाधारण लाभान्वित भएको क्षेत्रीय कार्यालयका उपनिर्देशक बृजेश शर्माले जनाए । कार्यालयले टेलिफोनको कुनै पनि सेवाहरू नपुगेको र कुनै पनि अन्य कम्पनीहरूले सेवा नदिएका स्थानमा आवश्यक मोबाइल बीटीएस टावर स्थापना गरी सिमकार्ड वितरण गरेको हो । बीटीएस छ टावर स्थापनाले त्यसक्षेत्रमा सेवाहरू थप गुणस्तरीयसमेत भएका छन् । 


कार्यालयले धौलागिरि अञ्चलको अति दुर्गम स्थानहरू बाग्लुङको निसी, बोहरा गाउँ, तामा दाना, म्याग्दीको दाना, र पर्वतको थापाथानमा मोबाइल टावर स्थापना गरी त्यहाँका जनताहरूलाई निःशुल्क सिमकार्ड वितरण कार्य सम्पन्न गरेको क्षेत्रीय कार्यालयका सहायक व्यापार अधिकृत रामप्रसाद खनालले जनाए । खनालकाअनुसार ती स्थानहरूमा १० हजार बढी निःशुल्क सिमकार्ड वितरण भएको कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved