खड्कालाई मन्त्रालय तान्न आपुर्ति मन्त्री बाधक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 05:11:31 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपुर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।

निगमको ईन्धन भण्डारणका लागि जग्गा किंन्दा अनियमितता गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगले सहमति दिएको छ ।

तर नवनियुक्त मनि चन्दले  खड्कालाई मन्त्रालय ल्याएर हाजिर गराउन आलटाल गरेका हुन् ।

करिब डेढ अर्ब रुपैयाँ घोटालाका अरोपित खड्कालाई निगममै राख्दा थप क्षति हुने भन्दै तत्कालीन आपुर्ति मन्त्री शिवकुमार मण्डल र आपुर्ति सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्न निर्वाचन आयोगबाट अनुमति लिएका थिए ।

अड्कालाई मन्त्रालय हाजिर गराउने फाईलमा टिप्पणी उठेकै दिन चन्द आपुर्तिमन्त्री बनेका थिए भने मण्डल बिनाविभागीय भएका थिए ।नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved