उपत्यकामा साना हतियारको जगजगी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 05:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank


२३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोजः निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या, ३ कात्तिकः एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ, ५ कात्तिक: एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ ।

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।


प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।


महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४र७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद हतियारमा पेस्तोल र रिभल्वर छन् ।


फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ । –कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved