एभरेष्ट बैकद्वारा वृद्धवृद्धाहरुलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 04:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको सिमरा शाखाले २३ औं वार्षिक उत्सवको अवसरमा वृद्धवृद्धाहरुलाई मंगलबार सिरक तथा खाद्यान्न वितरण गरेको छ । संस्थागत उतरदायित्व अन्तर्गत एभरेष्ट बैंक सिमरा शाखाले पथलैया वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई सिरक तथा खाद्यान्न वितरण गरेको हो ।

शाखाका प्रबन्धकसहित सबै कर्मचारीहरु उपस्थित भइ बाराको पथलैयास्थित वृद्धाश्रममा रहेका ११ वृद्धवृद्धाहरुलाई एक समारोहकाबीच सिरक र तेल बिस्कुट लगाएतका खाद्यान्न वितरण गरिएको थियो । सो अवसरमा शाखाका प्रबन्धक नबिन पन्डित क्षेत्रीले संस्थागत उतरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर पथलैया वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई आवश्यकीय केहि बस्तु र थोरै खाद्यान्न वितरण गर्ने अवसर शाखालाई मिलेको बताए ।

समाजका अगुवा, शिक्षक, पत्रकार उपस्थित उक्त कार्यक्रममा पथलैया वृद्धाश्रम संस्थाले जाडो समयलाई लक्षित गरी वृद्धहरुप्रती बैंक प्रशासनले गरेको सम्मानलाई संस्थाले उच्च प्रशंसा गर्दै बैंकको कार्यप्रती आभार प्रकट गरेको थियो । कारोबारमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved