कहाँ पुग्यो गौचन हत्याकाण्डको अनुसन्धान ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 04:45:25 AM मा प्रकाशित

laxmi  sunrise bank


निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन ।

२३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो । 

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन । प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो ।

गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो ।, यो खबर आजको कान्तिपुरमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved