नगरपालिकाका लेखाप्रमुख नै जुवाको खालबाट समातिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 06:52:22 AM मा प्रकाशित

laxmi  sunrise bank

भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित ६ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ । 

प्रहरीले बिहीबार उनीहरुको जुवा खालबाट १ लाख ६ हजार ६ सय ९५ रुपैयाँ बरामद गरेको छ । भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताए  । 

पक्राउ पर्नेमा भीनपा–१ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा दोङ, तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री पनि छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved