३ महिनामा पनि कार्यान्वयन भएन ब्याजदर करिडोर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 04:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्याजदरमा स्थिरता ल्याउने उद्देश्यले राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी व्यवस्था ल्याए पनि अझै कार्यान्वयन हुन सकेको छैन । यसको प्रत्यक्ष असर बैंक ब्याजदरमा देखिएको छ । पछिल्ला महिनाहरूमा छोटो समयमा ब्याजदरमा ठूलो उतारचढाव देखिनु यसकै असर भएको विज्ञहरू बताउँछन् । राष्ट्र बैंकले भने ब्याजदर करिडोर लागू गर्ने उपयुक्त समय आइनसकेको जनाएको छ । 

राष्ट्र बैंकले गत वर्षदेखि नै ब्याजदर करिडोरसम्बन्धी व्यवस्था ल्याएको थियो । सामान्यतया ब्याजदर करिडोरमा माथिल्लो (अपर बाउन्ड) र तल्लो ९लोअर बाउन्ड० गरी दुई सीमा तोकिन्छ र बजार ब्याजदरलाई सोही सीमाभित्रै राख्ने प्रयास गरिन्छ । तर, राष्ट्र बैंकले गत वर्ष ल्याएको ब्याजदर करिडोरमा तल्लो सीमा तोकिएको थिएन । 

राष्ट्र बैंकले जारी गर्ने वित्तीय औजार निक्षेप संकलनको २ हप्ताको ब्याजदरका आधारमा तल्लो सीमा तोकिने व्यवस्था थियो । उक्त व्यवस्था प्रभावकारी हुन नसकेपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तल्लो सीमा ३ प्रतिशत तोकेर लागू गर्ने घोषणा गर्‍यो । तर, मौद्रिक नीति जारी भएको ३ महिनासम्म पनि उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन । राष्ट्र बैंकले पुराना ९ब्याजदर करिडोर लागू हुनुअघिका० औजारमार्फत ब्याजदर तरलता व्यवस्थापन गर्दै आएको छ । 

पर्याप्त तयारीबिना ब्याजदर करिडोर आएकाले कार्यान्वयन हुन नसकेको राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशकले आरोप लगाए । ‘मर्मअनुसार नआएकाले प्रभावकारी हुन सकेन,’ ती अधिकारीले भने, ‘यसैकारण करिडोर आइसकेपछि पनि राष्ट्र बैंकले पुरानै औजारमार्फत तरलता व्यवस्थापन गरिरहेको छ । यो राम्रो होइन ।’ 

करिडोर लागू गर्दा राष्ट्र बैंकले खुला बजार व्यवस्थापन गर्दा बढी ब्याज तिर्नुपर्ने हुन्छ । ब्याज बढी भए बैंकको नाफामा असर गर्छ । नाफा कम भए केन्द्रीय बैंकका कर्मचारीले पनि कम बोनस पाउने हुँदा भित्रैबाट लागू नगर्न चर्को दबाब भएको राष्ट्र बैंक स्रोतले बतायो । 

राष्ट्र बैंकले करिडोरसम्बन्धी नीतिगत व्यवस्था गरे पनि कार्यान्वयन नहुँदा ब्याजदरमा स्थायित्व आउन नसकेको बैंकरहरूको भनाइ छ । उक्त व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले ढिलाइ गर्न नहुने उनीहरूको तर्क छ । तर, राष्ट्र बैंकले हाल अन्तर बैंक ब्याजदर निकै तल रहेको र उक्त दर ३ प्रतिशत पुगेपछि मात्र करिडोर कार्यान्वयनमा ल्याउने बताएको छ । राष्ट्र बैंकको यस्तो पर्खाइ ठीक नभएको र यसले ब्याजदरको दीर्घकालीन स्थिरतामा सहयोग नगर्ने बैकर्स संघका पूर्वअध्यक्ष ससिन जोशीले बताए । 

राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा गरेर ब्याजदर स्थिरताका लागि नेतृत्व लिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले नेतृत्व लिनुपर्‍यो ३र४ दिनमा बैंकहरूको ब्याज सीमाभित्र आइपुग्छ,’ उनले भने, ‘अहिले ब्याजदरमा स्थिरता ल्याउने उपयुक्त विकल्प नै करिडोर हो ।’ करिडोर लागू नहुँदासम्म ब्याजदरको उतारचढाव कायमै रहने भएकाले अनिश्चितता बढ्ने र यसले निक्षेपकर्ता तथा ऋणी दुवैलाई हानि पुर्‍याउने उनको भनाइ छ । कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved