रसुवागढीका अधिकांश होटलबाट कुहेको मासु बिक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 04:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बजार अनुगमन गर्दै सो क्षेत्रका होटलमा कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरेको हो।

अनुगमन क्रममा होटलहरुको किचेन र कोठाहरु फोहोर भेटिएका थिए। होटलले फ्रिज राखे तापनि त्यसको वास्तविक उपयोग नगर्दा धेरै सामग्री फ्रिजभित्रै बिग्रिएको अवस्थामा अनुगमन टोलीले भेट्टाएको थियो। विद्युत् बिल चढ्छ भनेर अधिकांश समय फ्रिजमा बन्द गर्दा खाद्य सामग्री कुहिएर गन्हाउने अवस्थामा फेला पारेको थियो।

‘फ्रिज खोल्दा त्यहाँबाट आएको गन्धले होटलभित्र बस्न सक्ने अवस्था थिएन’, अनुगमन टोलीको नेतृत्व गरेकी सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले भनिन्, ‘होटलका कोठाहरु त्यस्तै फोहोर भेटिएपछि सफा गर्न निर्देशन दिएका छौं।’

विद्युत आपूर्तिबिनाको फ्रिज खोल्दा त्यहाँबाट आएको गन्धले होटलमा बस्न गाह्रो परेको थियो। होटलका कोठाभित्रका बेड महिनौदेखि सफा नगरी राखिएको पाइएपछि अनुगमन टोलीले सफा राख्न निर्देशन दिएको छ।

ती होटलहरुका अधिकांश ग्राहक केरुङ रुटमा कन्टेनर चलाउने चालक र सहचालक हुन्। रसुवागढी नाका तथा आसपासको क्षेत्रमा मारकाट नगर्ने परम्परा रहँदै आएको छ। होटल व्यवसायीले बाहिरबाट मासु ल्याउने र लामो समयसम्म राखेर बेच्ने गरेको अनुगमनबाट खुलेको थियो। नागरिक दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved