जटिल रोग निको पार्ने भन्दै नेटवर्किङ धन्दा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 04:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

विगतमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी धन्दा भन्दै प्रतिबन्ध लगाइएपनि पछिल्लो समय उपचार गराउने नाममा यस्तै प्रकृतको धन्दा पूर्वका जिल्लामा मौलाएको छ । जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ ।

स्वदेसमा सम्पर्क कार्यालयसमेत नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट औषधी बिक्री गराउँदै आएको छ । अझ सदस्य बनाएवापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ । भारतको चेन्नईमा मुख्य कार्यालय रहेको भनिएको ओरियन्सले नेटवर्किङ शैलीमार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । 

विशेषगरी झापा, सुनसरी, धनकुटालगायतका जिल्लामा यसको बिस्तार हुनेक्रम बढेको छ । खासगरी औषधीजन्य वस्तु सम्बन्धित चिकित्सकको सिफारिसबिना बिक्री वितरणसमेत गैरकानुनी हुन्छ । तर स्वास्थ्यसँग सरोकार नभएका व्यक्तिहरु यसमा संलग्न रहेको स्रोतले जनाएको छ । धनकुटामा पछिल्लो समय पाँच सय बढी व्यक्तिलाई ओरियन्सका उत्पादन बिक्री गरिएको स्रोतले जनाएको छ ।

नेटवर्किङमा संलग्न व्यक्तिले आफूहरुले औषधी नभएर ‘फ्रुट सप्लिमेन्ट’ बिक्रि गरेको दाबी गर्छन् । खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका युद्धबहादुर खड्काले ३० हजारको औषधी प्रयोग गरेको बताए । मधुमेह पीडित उनले मासिक १० हजार रुपैयाँका दरले तीन महिनासम्म औषधी प्रयोग गर्ने बताए । हाल ५ हप्ता औषधी सेवन गरिसकेको उनले जानकारी दिए । ‘सुगर रोग चटक्कै निको हुने भनेकोले औषधी प्रयोग गरेको हु‘’, उनले भने, ‘यसको मात्रा पूरा गरेपछि हाल प्रयोग गर्दै आएको सुगरको औषधी कहिल्यै खान पर्दैन भनेकोले आशावादी छु ।’ 

नेटवर्किङ व्यापारबारे सदरमुकामस्थित एक होटलमा सर्वसाधारणलाई सहभागी गराई प्रशिक्षणसमेत दिइएको छ । उक्त कार्यमा नेता, जनप्रतिनिधिदेखि सञ्चारकर्मीसमेत संलग्न रहेको एक सहभागीले जनाए ।

साँगुरीगढी गाउँपालिकाका विशाल कार्कीले ब्लड क्यान्सरबाट पीडित पत्नीका लागि ओरियन्सले बिक्रि गरेको २२ हजारको औषधी प्रयोग गरिसकेको बताए । प्रारम्भिक चरणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइएपनि निको नहुँने अवस्था भएकोले ओरियन्सको उत्पादन प्रयोग गरेको उनले बताए । चारपटक किमो गर्दा कमजोर बनेकी पत्नीलाई आफूले ओरियन्सको उत्पादन प्रयोग गर्न लगाएको उनले बताए । ‘लाखौ खर्च भइसक्दा थोरै पैसाले रोग निको होला भन्ने आशाले प्रयोग गरेको हो’, उनले भने । पछिल्लो समय उनी स्वय ओरियन्सको प्रचार प्रसारमा जुटेका छन् । कान्तिपुरमा खबर छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved