११ प्रेमिका प्रेमी, विलासी अर्बपति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 05:08:28 AM मा प्रकाशित

laxmi  sunrise bank

विचित्रको रै’छ, यो संसार । कसैलाई यहाँ खानै पुग्दैन, कोहीलाई भने विलासी जीवन बिताउनै भ्याइनभ्याई हुँदो रै’छ । दुई छाक टार्नैका लागि पनि केहीले कडा परिश्रम गर्नुपर्छ । तर, विश्वका केही धनाढयहरू आफूले कमाएको रकम कहाँ खर्चिने हो रु के गर्ने हो रु भन्ने ध्याउन्नमै रहेका भेटिन्छन् । 

बिनायोजना कुनै पनि काम गर्ने सोच राख्ने अधिकांश धनाढयहरू आफ्नो रकम भड्किलो जीवनशैली बिताउनमै खर्चने पाइन्छन् । यस्तै जीवनशैली बिताउनेमध्येका एक हुन्, साउदी अरेबियाका पूर्वअर्बपति अदनान खासोग्गी । यिनी विश्वमा हतियार आपूर्ति गर्ने डिलर चलाएर बसेका थिए । आफूलाई सधैं ‘प्लेब्वाय इमेज’ मा विश्वमा सधैं चर्चामा रहन चाहन्थे । यिनका विलासी जीवनशैली त छँदै थियो, ‘ल्याभिस पार्टिज’ का लागि पनि यिनी चर्चित थिए । 

सन् १९८० को दशकमा ४ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ यिनी विश्वकै धनाढय कहलिएका थिए । यिनले जीवनमा दुइटा विवाह गरे पनि ‘११ जना प्लेयर वाइफ्स’ ९गल्र्स फ्रेन्ड्स० रहेका थिए । एकै दिनमा झन्डै २ करोड रुपैयाँ खर्च गर्न सक्ने हैसियतमा थिए खासोग्गी । यिनको सम्पत्तिका स्रोत भने चर्चित हतियार डिलर्स रहेको थियो । विश्वका विभिन्न मुलुकका सरकारहरू, हतियार उत्पादक कम्पनीहरू र आधुनिक अस्त्रका सौखिन केही निजी ग्राहकलाई हतियार आपूर्ति गर्थे । 

सन् १९७० को दशकमा सफलताको उचाइमा पुगेकै बेला यिनको एकै दिनको खर्च अचाक्ली थियो, डेढ लाख अमेरिकी डलरसम्म खर्च गर्न भ्याउँथे । आफ्नै मुलुकको नागरिकमाथि यिनको विश्वास थिएन । त्यसैले त खासोग्गीले आफ्नो सुरक्षाका लागि एकजना दक्षिण कोरियाली बडिगार्ड राखेका थिए । यिनीसँग ३ अर्ब पाउन्ड मूल्यको ३५ प्यालाटियल होम, २ सय ८२ फिटको यार्ट र सयभन्दा बढी लिमौसिन कार नै थिए । 

 सन् १९६० को दशकमा अमेरिकामा पढाइका क्रममा हतियार खरिदरबिक्री गर्ने डिलरका रूपमा आफ्नो करियर सुरु गरेका थिए । खासोग्गीले बुबाबाट कार खरिद गर्न उपहारस्वरूप पाएको रकम पनि आफ्नो त्यही व्यापारमा लगाएका थिए । फलस्वरूप रातारात यिनी अमेरिकाबाट साउदी अरबसम्म हतियार आपूर्ति गर्ने ठूलो व्यापारीमा दरिएका थिए । सुरुमा मध्यस्थकर्ताका रूपमा हतियार आपूर्ति गर्ने क्रममा लाखौं रकम कमिसनबाट प्राप्त गर्थे । यसैबाट यिनले मनग्ये सम्पत्ति पनि आर्जन गरेका थिए । कान्तिपुरबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved