असिनाका कारण दुई करोडको क्षति !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 30, 2017 | 05:19:28 AM मा प्रकाशित

laxmi  sunrise bank


 ‘असिनाले मेरो वर्ष दिन परिवारको पेट पाल्ने योजना चकनाचुर गर्‍यो। त्यही फलेको धानले परिवार चलेको थियो। असिनाले धान बाली नष्ट गरेपछि वर्ष दिन के खाने समस्या थपियोु, धादिङको नीलकण्ठ नगरपालिकाका किसान वासु अधिकारीको गुनासो हो यो। शनिबार राति परेको असिनाले उनको परिवारलाई वर्ष दिनसम्म खान पुग्ने सबै धानबाली नष्ट गरेको छ। पारिवारका सदस्यसँग शनिबार दिउँसो मात्रै उनले सोमबार खेतको धान काट्ने सल्लाह गरेका थिए।

त्यही राति परेको असिनाले उनको १५ रोपनीमा लहलहाउँदै गरेको सम्पूर्ण धान नष्ट गर्‍यो। १५ रोपनीबाट उत्पादन हुने करिब ६० मुरी धान ९तीन हजार ६ सय किलो० असिनाले चुटेर नष्ट बनाएको अधिकारीले गुनासो गरे। ‘२८ जना सदस्य रहेको परिवारलाई त्यही धानको चामलले जेनतेन गरी आठ महिनासम्म पेट भर्दै आएको थियो। बाँकी अपुग हुने खाद्यान्नका रूपमा मकै प्रयोग गर्थें। अब त आठ महिना के खाने भनेर चिन्ता थपियोु, उनले भने।

अधिकारीका अनुसार नीलकण्ठ गाउँपालिकामा मात्रै सयजना किसानको धान असिनाले पूर्ण रूपमा नष्ट गरेको छ। किसानले लगाएको तरकारी बाली पनि नष्ट भएको छ। अर्का किसान शम्भु कार्कीको पनि यस्तै दुखेसो छ। तारकेश्वर नगरपालिकाका कार्कीले दुई सय रोपनीमा लगाउन मिल्ने तरकारीको नर्सरी तयारी गरेका थिए। सागपात, काउली, बन्दा, गोलभेंडा, आलुको बेर्नासहित नर्सरी असिनाले नष्ट गरिदिएको कार्कीले बताए। ‘नर्सरीका बिरुवा बिक्री गर्ने सोच बनाइरहेकै अवस्थामा असिना परेर सबै नष्ट भयोु, उनले भने, ‘करिब अढाइ लाख मूल्यबराबरको क्षति भयो।ु अन्नपूर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved