अधिकारीकै मिलेमतोमा युरिया मलमा करोडौं घोटाला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 05:00:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि सामग्री कम्पनीले हालै भित्र्याएको युरिया मलको बोरामा औसत पाँच किलो कम मल भेटिएको छ । कम्पनीका उच्च अधिकारीको मिलेमतोमा प्रतिबोरा तीन किलोदेखि १० किलोसम्म कम परिमाणमा प्याकिङ गरिएको मल किसानलाई बिक्री गर्न लागिएको रहस्य खुलेको छ । कम्पनीले ५० किलोको मूल्य लिएर किसानलाई ४० देखि ४७ किलो तौल भएका युरिया मलका बोरा बिक्री गर्न लागेको तथ्य बाहिर आएको छ ।

आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधाअन्तर्गत भित्र्याइएको मलको बोरामा कम परिमाणमा मल भेटिएको हो । कम्पनीले डेढ साताअघि मात्रै भित्र्याएको २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा आइपुगेको ५० हजार बोरा ९दुई हजार पाँच सय मेट्रिक टन० कम परिमाणमा भेटिएको हो । स्रोतका अनुसार गोदाममा आइपुगेका ती सबै बोरामा तीन किलोदेखि १० किलो हाराहारीमा कम मल फेला परेको छ।

 स्रोतका अनुसार ५० हजार बोरामा औसत पाँच किलो कमका दरले हिसाब गर्दा ५० हजार बोरामा झन्डै दुई लाख ५० हजार किलो मल कम हुन्छ । भारतसँग खरिद गरिएको प्रतिकिलो ३३ रुपैयाँ ७६ पैसाका दरले खरिद मूल्य जोड्दा ५० हजार बोरामा एक करोड मूल्यबराबर कम परिमाणमा मल प्याकिङ गरिएको छ । अन्नपूर्णपोष्टमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved