विश्व बैंकको ओटासिल प्रविधि नेपालमा असफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 04:44:19 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको ‘ओटासिल’ प्रविधि असफल भएको छ । कालोपत्रे छोटो समयमै उप्किन थालेपछि सडक विभागले यो प्रविधि पूर्णरूपमा त्याग गरिसकेको छ ।सडक भत्किन थालेपछि सडक विभागले ओटासिल प्रविधि त्याग गरेको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।

सडक विभागले आर्थिक वर्ष ०६०÷६१ मा सात करोड रुपैयाँ खर्चेर ओटासिल गरेको गोरुसिंगे(सन्धिखर्क सडक पटक(पटक मर्मत गरी टिकेको थियो । त्यसपछि विभागले ओटासिल गरेको पाल्पा(तम्घास, तेह्रथुमको वसन्तपुर(म्याङलुङ, सुर्खेत(जुम्ला, बाग्लुङ(प्युठान, सिरहा उदयपुर जोड्ने मिर्चैया(कटारी(घुर्मी, सुर्खेतको छिन्चुबाट जाजरकोटसहितका आधा दर्जनभन्दा बढी सडक ओटासिल गरेको थियो । यी सबै सडक दुई वर्ष पनि टिकेनन् ।

आव ०७२÷७३ बाट सुरु भएको पाँचबर्र्से योजनाअन्तर्गत डोलिडारले ७५ जिल्लामै ग्रामीण सडक निर्माण र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमअन्तर्गत हाल ५९ वटा सडकका सात ७० किलोमिटरमा ओटासिल भइरहेको छ । यसमध्ये विभिन्न १० वटा सडकका ९० किमि मात्रै पूूरा भएको डोलिडारले जनाएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमअन्तर्गत डोलिडारले ४९ वटा सडकको ६ सय ८० किमिमा ओटासिल गरिरहेको छ ।

डोलिडारले गत वर्ष १७ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्दा ओटासिलमा मात्रै ६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो । विश्व बैंकले परीक्षणका रूपमा नेपाल भित्र्याएको यो प्रविधि नेपालमा असफल भए पनि विश्व बैंकले लगानी गरेका धेरैजसो सडकमा एक दशकदेखि यही प्रविधि प्रयोग गरिँदै आएको छ । पछिल्लो समय सरकारको लगानी भएका कतिपय सडकमा समेत यो प्रविधि प्रयोग भएको छ ।अन्नपूर्णपोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved