५ वर्षमा ५० खर्बको अर्थतन्त्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 04:48:58 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाली कांग्रेसले आउँदो ५ वर्षभित्र मुलुकको तीब्र आर्थिक विकाससहित अर्थतन्त्रको आकार दोब्बर बनाउने घोषणा गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेसले ५ वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब पु¥याउने प्रतिवद्धता जनाएको हो । त्यसका लागि विदेशी पुँजीको परिचालन गर्ने तथा अभूतपूर्व स्वदेशी लगानी गर्ने घोषणापत्रमा उल्लेख छ । अहिले नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रूपैयाँको छ भने बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ छ । 

कांग्रेसले घोषणापत्रमा आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । ‘नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नारासहित तयार भएको घोषणापत्रमा नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पु¥याउने लक्ष्य राखिएको छ । हाल नेपालीको प्रतिव्यक्ति वार्षिक आय ९० हजार ५ सय २१ रूपैयाँ छ । 

“आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यमआय भएको गतिशील राष्ट्र बनाउने संकल्पका साथ नेपाली कांग्रेस क्रियाशील रहनेछ,” घोषणापत्रमा भनिएको छ, “यसका लागि प्रचलित मूल्यमा अर्थतन्त्रको आकार आजकोभन्दा चार गुणा ठुलो बनाउनुपर्नेछ । कम्तीमा दशकसम्म वार्षिक ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर निरन्तर हासिल गर्दै हरेक वर्ष ३ देखि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न कांग्रेस प्रतिवद्ध छ ।” ३ खण्डमा विभाजित घोषणापत्रको पहिलो खण्डमा राजनीतिक पृष्ठभूमि, दोस्रोमा ऐतिहासिक विरासत र उपलब्धी, तेस्रो खण्डमा अबको हाम्रो संकल्प शीर्षकमा समेटिएको छ भने विशेष खण्डमा प्रदेशहरूको सामथ्र्य र सम्भावनाबारे लेखिएको छ । ८४ पृष्ठ लामो घोषणपत्रको विशेष खण्डमा संकल्पअन्तर्गत आर्थिक समृद्धि, पूर्वाधार विकास, सामाजिक प्रगति, वन, वातावरण र विपद् व्यवस्थापन र असल शासन प्रत्याभूतिको संकल्प गरिएको छ । कांग्रेसले २०५२ सालपछि ‘त्रिशंकु संसद’, अल्पमतको सरकार, राजनीतिक अस्थिरता, हिसांत्मक द्वन्द्व र कतिपय दलबीच आर्थिक नीतिमा देखिएको अस्पष्टताका कारण आर्थिक वृद्धिदरको गति सुस्त भएको जनाएको छ । कम्युनिष्ट सरकारका अस्थिर, अविश्वसनिय, भ्रष्ट र लोक रिझ्याँइमा सीमित नीतिले मुलुकको वित्तीय अनुशासन ध्वस्त भएको कांग्रेसको जिकिर छ ।  एक दशकसम्म ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न र ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिबद्धता छ । 

घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० वटा बुँदाहरू प्रस्तुत छन् । काठमाडौं–मधेस एक्सप्रेस वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना घोषणापत्रमार्फत कांग्रेसले  अघि सारेको छ । यस्तै, वार्षिक १ खर्बदेखि ५ खर्ब बराबरका प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० भिœयाउने र  अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पु¥याउँदै अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँस्ने संकल्प गरिएको छ ।  “गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशतभन्दा कम हुनेछ, जीवनचक्रका जोखिमपूर्ण अवधिहरूमा केन्द्रित भइ सशर्त नगद हस्तान्तरण, न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत सुरक्षा प्याकेजको कार्यान्वयन हुनेछ,” घोषणापत्रमा उल्लेख छ । कांग्रेसले आफ्नो सरकार बने  ५ वर्षभित्र  प्रत्येक नेपालीको स्वास्थ्य बिमा गरिसक्ने जनाएको छ ।  यस्तै, ५ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण गर्ने,  प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक भिœयाउने  र ५० लाख नेपालीलाई पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता पनि घोषणापत्रमा छ । 

कांग्रेसले ५ वर्षभित्र  १५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन गर्ने जनाएको छ । आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गरिने र नेपालको अन्तर्राष्ट्रिय  छवि शतप्रतिशत स्वच्छ उर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्रको हुने,  प्रमुख पर्यटकीय नगरहरूमा शतप्रतिशत र अन्य सहरहरूमा बहुसंख्यक सवारीसाधन विद्युतीय सवारी चलाउने कांग्रेसको लक्ष्य छ ।  कांग्रेसको सरकार बनेमा ५ वर्षमा काठमाडौं–मधेस एक्सप्रेस वे लगायत ४ देखि ६ लेनका १ हजार किलोमिटरभन्दा बढी द्रुतमार्ग, ५ सय  किलोमिटरभन्दा बढी रेल्वे लाइन, ५० हजार किलोमिटरभन्दा बढी कालोपत्रे सडक सञ्जाल बनाउने घोषणा गरिएको छ ।  

१८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमीन बाह्रै महिना सिञ्चित हुने र  कृषि उत्पादकत्व दोब्बर बनाउने लक्ष्य कांग्रेसले राखेको छ । “त्यस्तै १६ वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुनेछ भने ऋण लिएका ८० प्रतिशतभन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्र हुनेछ,” घोषणापत्रमा उल्लेख छ, “सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा ३ गुणाले वृद्धि हुनेछ । सबै नयाँ भवनहरू अनिवार्य्रूपले भूकम्पप्रतिरोधी हुनेछन् ।”  सबै छिमेकी राष्ट्रहरूसँग असल सम्वन्ध र सार्वभौम समानताका आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै गैरआवासीय नेपालीहरूलाई मुलुकको विकास मूलधारमा समाहित गर्न उनीहरूको सीप र पुँजीको अधिकतम उपयोग गर्ने पनि कांग्रेसले जनाएको छ ।  कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved