कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 04:56:28 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ दु्रत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । पो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’

आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ ।

आयोजना प्रमुख झाले भने,‘गएको १० महिनामा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सकेको छ । यो अति जटिल काम हो । किनकी यस अवधिमा ‘अण्डरपास वे’को ‘वेसमेन्ट’ राख्ने काम भयो । बाँकी रहेको ६० प्रतिशत काम निक्कै सजिलो छ । यो अवको पाँच महिना भित्रै सकिनेछ ।’

निर्माण अवधिको १० महिनामा ठेकेदार कम्पनीले ‘अण्डरपास वे’को खसिबजार तर्फ ‘क्लीयर’ गरिसकेको छ । यस तर्फ अव कलोपत्रे गर्न मात्रै बाँकी छ । ‘अण्डरपास वे’को माथिल्लो भाग पनि लगभग निर्माण भइसकेको छ । अव सितापाइला तर्फको भाग मात्रै ‘क्लीयर’ हुन बाँकी छ । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved