नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुधिवा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कर्मचारीलाई समेत दिईरहेको खुलेको छ ।
कार्य सञ्चालन निर्देशिका २०७३ मा सहसचवि तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ । महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको नागरिकमा खबर छ । रामबहादु श्रेष्ठ आठौं तहका कर्मचारी भए पनि गाडी सुविधा पाईरहेका छन् ।