डाक्टरको लापरबाहीका कारण अस्पतालमा ३३ प्रतिशत दुर्घटना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 08:02:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा उपचारका क्रममा हुने लापरबाही मध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । 

अस्पतालमा हुल्दंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्ति लगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । 

निर्देशन लगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक साता पछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल चिकित्सक संघको आन्दोलन सम्बन्धी मन्त्रिपरिषदबाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाब सहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णय अनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । 

प्रतिवेदनले विगत १० वर्ष अघि देखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।नयाँपत्रिकाबाट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved