दक्षिण एसिया आर्थिक सम्मेलन आजदेखि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा सावती (साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोनोमेन्ट) को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको कान्तिपुर दैनिकमा खबर छ ।

सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved