मतदाता भन्छन्—‘नलगाड जलविद्युत् छिटो निर्माण गर’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:40:12 AM मा प्रकाशित

laxmi  sunrise bank

जाजरकोटको पूर्वी भेगका मतदाताले नलगाड जलविद्युत् छिटो निर्माणको माग गरेका छन् । भोट माग्न गाउँ पसेका उम्मेदवार र नेतासँग मतदाताले यस्तो माग गरेका हुन् । सक्ला, ढिमे, खलंगा, दल्ली, लहँ, डाँडागाउँ, रग्दा, भगवती, लिम्सा, खगेनकोटलगायत गाउँका मतदाताले कांग्रेस र वाम गठबन्धनका उम्मेदवारसँग नलगाड छिटो निर्माण गर्न भनेका हुन् । 

वाम गठबन्धनका उम्मेदवार माओवादी नेता शक्तिबहादुर बस्नेत र कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहसँग अधिकांश मतदाताले उक्त जलविद्युत् आयोजना निर्माणमा लापरबाही भएको गुनासो गरेका स्थानीय तेजबहादुर खत्रीले बताए । मतदाताले दुई प्रतिस्पर्धीमध्ये जसले यो आयोजनाको निर्माणलाई अघि बढाउन पहल गर्छ उसैलाई यसपालिको चुनावमा भोट दिने उनले बताए । पार्टीको उम्मेदवारभन्दा पनि नलगाडलगायतका पूर्वाधार बनाउने व्यक्तिलाई भोट दिने उनले सुनाए । नलगाडमा जलमाफियाको चलखेल हुन नदिई छिटो निर्माण चरण पुर्‍याउने नेता नै यस भेकका लागि लोकप्रिय उम्मेदवार बन्ने उनले बताए । 

‘चुनावी माहोलमा नानाथरी प्रलोभन देखाउने नेताले नलगाड बनाउन किन नसकेको ?’ खगेनकोटका जयबहादुर शाहीले भने । जल माफियाको चलखेलका कारण आयोजना कम्पनी मोडेलमा जाँदा अलपत्र परेको उनले बताए । देशकै ठूलोमध्येको एक ४ सय १० मेगावाटको जलाशययुक्त नलगाड हाइड्रोपावर कम्पनी ओझेलमा परेपछि त्यस क्षेत्रका मतदाता निराश बनेका छन् । कान्तिपुर दैनिकमा खबर छ।  

हाइड्रोपावर कम्पनी नै लथालिंग भएपछि अधिकरणमा परेका जग्गाधनी मुआब्जा पाउनबाट समेत वञ्चित भएका छन् । नलगाड जलविद्युत् आयोजना विकास समितिलाई नलगाड हाइड्रोपावर कम्पनीमा परिवर्तन गरेयता उक्त आयोजना ओझेलमा परेको हो । बजेट तथा जनशक्ति र स्रोत साधनको अभावका कारण आयोजना निर्माणले गति लिन नसकेको प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारी बताए ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved