थप ९ जनामाथि सम्पत्ति छानबिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:55:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ सरकारी अधिकारीमाथि छानबिन थालेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरूको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको हो । 

यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माका घरमा ७ दिने म्याद टाँसिसकेको छ । अख्तियार उच्च स्रोतका अनुसार छानबिनमा पर्नेमा नेपाल विद्युत् प्राधिकरणका दुई उच्च अधिकारी छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल र ११ औं तहका निर्देशक दामोदरभक्त श्रेष्ठमाथि छानबिन सुरु भएको छ । श्रेष्ठ चिलिमे जलविद्युत् आयोजनाका प्रमुखसमेत हुन् । 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय पनि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा परेका छन् । यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्युत पौडेल, सडक विभागका उपसचिवस्तरका दुई इन्जिनियर (सीडीई) दण्डपाणि पौडेल र ज्ञानेन्द्रकुमार झासमेत गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा परेका छन् । कान्तिपुर दैनिकमा खबर छ।  

राजस्व समूहका चार अधिकृतको सम्पत्ति पनि छानबिन भइरहेको अख्तियार स्रोतले बतायो । राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त तथा आन्तरिक राजस्व विभागका अधिकृत रमेश भट्टराईमाथि पनि छानबिन सुरु भएको अख्तियार स्रोतले बतायो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved