जब प्रचण्डले सुने छोराको मृत्युको खबर…

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 06:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए ।

शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ओली निवासमा बसे, अनि बिर्तामोड आए । बी एन्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा रात बिताए ।

आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।

प्रचण्डसँगै रहेका बी एन्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरू केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो ।’

घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई तत्काल बी एन्ड सी हस्पिटल पुर्‍याइयो ।

उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौंबाट उनलाई लिन हेलिकोप्टर पुग्यो । हस्पिटलको छतमा ‘ल्यान्ड’ गरिएको हेलिकोप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौं बिदा गर्न बिर्तामोड पुगे । ओलीसँग हात मिलाएर प्रचण्ड काठमाडौंका लागि उँडे ।

आइतबार बिहानै प्रचण्डको कानमा दुःखद् खबर ठोक्कियो, त्यतिवेला उनी ‘मर्निङ वाक’मा निस्किँदै थिए । श्रीमती सीताले बिहान ५ः४५ बजे टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदा उनी गेस्ट हाउसबाट ओर्लिंदै थिए । तर, छोराको निधनको खबर सुनेलगत्तै प्रचण्ड थुचुक्कै बसे ।

नर्भिक अस्पतालमा छोराको शव थियो । प्रचण्ड सीधै लाजिम्पाटस्थित निवास पुगे । पत्नी सीता दाहाललाई केहीबेर सम्झाए । घटनाको वस्तुस्थिति बुझे । त्यसपछि अस्पताल पुगेका उनी पीडा पोख्दै र सम्हालिँदै छोराको अन्तिम संस्कारसम्म सहभागी रहे । मनभरी पीडा बोकेर प्रचण्ड परिवार लाजिम्पाट निवास पुग्यो ।

०००

प्रचण्ड र दाहाल परिवारको वियोगमा सान्त्वना दिन सोमबार बिहानै लाजिम्पाट निवासमा शुभचिन्तकको भिड लाग्यो । पीडाबाट सम्हालिँदै शुभचिन्तकहरूलाई प्रचण्डले सम्बोधन गरे ।

शुभचिन्तकलाई प्रचण्डको सम्बोधन

स्तब्ध हुने घटना भयो, हाम्रो परिवारलाई । दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो । यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ, तर हस्पिटल नलगिकन ऊ (प्रकाश) गयो । यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौँ ।

तपाईंहरूले हामीलाई जुन समवेदना प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ । म्याडम पनि बिस्तारै सम्हालिन थाल्नुभएको छ । ‘सबै त छोराछोरी हुन्, देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्, त्यसैले हामीले धैर्य गर्नुपर्छ’ भनेपछि बिस्तारै नर्मल हुनेतिर गएको छ । पूरै नर्मल भइसकेको त छैन, तर बिस्तारै नर्मल हुनेतिर गएको छ ।

हिजो समाचार सुन्नेबित्तिकै श्रद्धाञ्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट, पार्टीको तर्फबाट यहाँहरू सबैप्रति आभार प्रकट गर्न चाहन्छु । धन्यवाद पनि भन्न चाहन्छु ।

पीडा त ठूलै छ । मैले त पार्टीको ‘लिडर’को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटना आदिले गर्दा एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छु । तर, परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने, पहिले छोरीको दुर्घटना, तीन वर्ष नहुँदै छोराको घटना, यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरूजस्ता साथीहरूको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ । धन्यवाद, तपाईंहरू सबैलाई धन्यवाद ।

पीडा त ठूलै छ । मैले त पार्टीको ‘लिडर’को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटना आदिले गर्दा एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छु । तर, परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने, पहिले छोरीको दुर्घटना, तीन वर्ष नहुँदै छोराको घटना, यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरूजस्ता साथीहरूको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ । धन्यवाद, तपाईंहरू सबैलाई धन्यवाद ।

०००

परिवारको पीडा कम गर्न प्रचण्ड लागेका छन्, प्रचण्डलाई सम्झाउन सहकर्मीहरू । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी ओली र माधवकुमार नेपाल लाजिम्पाट पुगे । ओलीले वियोगमा धैर्य गर्न भन्दै ढाडस दिए । ओलीले विशेषतः प्रचण्डपत्नीलाई सम्झाए । ओलीले प्रचण्डलाई छुट्टै पत्र पनि लेखेका छन् ।

प्रचण्ड, यी सारा सान्त्वना ग्रहण गर्दै छन् । पीडा पचाउँदै छन् । र, पुत्रवियोगलाई शाश्वत सत्य मान्दै मंगलबारदेखि नै चुनावी अभियानमा सहभागी हुँदै छन् । नयाँपत्रिकामा खबर छ ।

प्रचण्डलाई ओलीको पत्र

प्रिय कमरेड,

हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्काेतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु ।

द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

केपी शर्मा ओली

अध्यक्ष

नेकपा एमाले


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved