नेपाली समाजलाई अहिले दुईवटा समस्याले सताएको छ । वैदेशिक रोजगारले रेमिट्यान्स त भित्रिएको छ र यसैसँग धेरै बिकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद बनाएको छ ।
फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान् विदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो समय देवरसँग टाढिइन् । त्यसपछि देवरले ब्लाकमेलिङ शुरु गरे । पहिले खिचेका तस्वीरहरु फेसबुकमा राखिदिए । त्यसपछि प्रहरीकोमा पुगिन् । प्रहरीले हालै ति महिलाको देवर कृष्ण चौधरीलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर काठमाडौंले चौधरीलाई विद्युतिय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । विगतको सम्बन्ध लुकाउन उनले देवरलाई थुनाएकी छिन् ।
यस्ता उजुरीहरु दैनिकजसो प्रहरीमा आउने गर्छ । केटा केटीबीच राम्रो सम्बन्ध हुँदा अश्लील फोटोहरु खिच्ने गर्छन् । जब सम्बन्ध बिग्रन्छ त्यसपछि तिनै फोटोहरु सार्वजनिक गरेर बदला लिन्छन् । खासगरी युवतीहरु यस्तो समस्याबाट पीडित बन्ने गरेको काठमाडौं परिसरका प्रहरी अधिकारीहरु बताउँछन् । जसरी समाजमा फेसबुक लोकप्रिय छ, त्यसैगरी यसले समस्या पनि बढाउँदै लगेको छ । दृष्टि साप्ताहिकमा खबर छ ।