पुनर्निर्माणका इन्जिनियरको अराजक व्यवहार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 04, 2017 | 07:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपछिको पुनर्निर्माणका लागि नियुक्त भएका नयाँ इन्जिनियरहरूले तालिम अवधिको भत्ता नपाएको भन्दै सपथग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । 

कानुनविपरित  इन्जिनियरहरूले भत्ता माग गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरूको माग पूरा गर्न नसकिने जनाउँदै आएको छ । तर, प्राधिकरणले आयोजना गरेको सपथ कार्यक्रम बहिस्कार गरेर इन्जिनियरहरूले अराजक र अनुशासनहिन व्यवहार देखाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

भूकम्पपछिको पुनर्निर्माणका लागि नियुक्त भएका नयाँ इन्जिनियरहरूले तालिम अवधिको भत्ता नपाएको भन्दै सपथग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । कानुनविपरित  इन्जिनियरहरूले भत्ता माग गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरूको माग पूरा गर्न नसकिने जनाउँदै आएको छ । तर, प्राधिकरणले आयोजना गरेको सपथ कार्यक्रम बहिस्कार गरेर इन्जिनियरहरूले अराजक र अनुशासनहिन व्यवहार देखाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

१० दिने तालिम लिएर ६ महिनाका लागि करारमा नियुुक्ति पाएका इञ्जिनियरहरूका लागि प्राधिकरणले बुद्धनगरमा आयोजना गरेको सपथ उनीहरूले बहिस्कार गरेका हुन् । तालिम अवधिको समेत भत्ता पाउनुपर्ने भन्दै उनीहरूले कार्यक्रम सुरु हुनअघि नै होहल्ला गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले शपथग्रहण गराउँदा अधिकांशले आफ्नो स्थानबाट नउभिइकन बहिस्कार गरेका थिए । पुनर्निर्माणमा खटिन लागेका इन्जिनियरहरूले होहल्ला गर्दै अघि आएर अनुशासनहीनता देखाएपछि सपथग्रहण कार्यक्रम मर्यादित हुन सकेन । 

आइतबारै खटाउन लागिएका ३ सय ९१ सहायक प्राविधिकहरूको सपथ कार्यक्रम भने निकै मर्यादित थियो । सपथग्रहणसहित पुनर्निर्माणमा खटिने कर्मचारीलाई उत्साह जगाउन आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुषाल र प्राधिकरणका सदस्य हरिराम पराजुली बोलिरहँदा पनि इन्जिनियरहरूले बारम्बार हल्ला गरेका थिए । 

प्राधिकरणका सदस्य पराजुलीले प्राधिकरणमा नियुक्ति भएपछि मात्र भत्ता लगायतका सेवा सुविधा दिन सक्ने र नियुक्ति नभइकन दिन नसकिने भन्दै बोलिरहेका बेला उनीहरूले रोक्ने प्रयास गरेका थिए । बारम्बार हल्ला गरेपछि प्राधिकरण र सहरी विकास मन्त्रालयका अधिकारीहरू नै भीड शान्त पार्नका लागि खटिनुपरेको थियो । इन्जिनियरिङ कलेजबाट उतीर्ण विद्यार्थीहरूले अनुशासनहीनता देखाएपछि नेपालमा विश्वविद्यालयबाट उत्पादित जनशक्ति उत्पादन र जिम्मेवारीपनतामा ठूला खाडल देखा परेको भन्दै आलोचनासमेत भएको थियो । 

इन्जिनियरिङ अध्ययन संस्थानका साथै काठमाडौभित्रका अधिकांश इन्जिनियरिङ कलेजबाट उतीर्ण विद्यार्थीहरूको युवा जोश र जागरलाई उपयोग गर्ने भन्दै प्राधिकरणले परिचालन गर्ने योजना अनुरूप छनोट गरेको थियो । पुनर्निर्माणको गति सुस्त भएपछि अतिप्रभावित १४ सहित भूकम्प प्रभावित ३१ जिल्लाका २ सय ८२ गाउँपालिका र नगरपालिकाका वडाहरूमा ३ सय ७४ इन्जिनियरहरूलाई छनोट गरी खटाउन लागेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले जानकारी दिए । 

“पहिला पनि गाउँमा इन्जिनियरहरू खटाइसकेका छौं, अपुग क्षेत्रमा पुनर्निर्माणलाई गति दिन ३ सय ७४ लाई १० दिनको तालिम दिएर खटाएका हौं,” उनले भने, “आइतबार हामीले सपथग्रहण गरेर पठाएका छौं ।”  सपथग्रहणमा भने तालिम अवधिको पनि भत्ता चाहिने भन्दै खटिनेमध्ये अधिकांश इन्जिनियरहरूले अनुशासन नदेखाएको उनले बताए । 

“एक हजारभन्दा बढीले आवेदन दिएकोमा खटाउन लागेकाभन्दा बढीलाई वैकल्पिक सूचिमा राखेका छौं, कोही नगएमा तुरुन्तै वैकल्पिकलाई पठाउँछौं, अब गाउँ पठाउने इन्जिनियरहरूको समस्या छैन,” उनले भने । सपथग्रहण कार्यक्रममा आफ्नो माग राख्दै खटिन लागेका इन्जिनियर आनन्द शर्माले तालिम अवधिको समेत भत्ता दिनुपर्ने आफ्नो माग रहेको बताएका थिए भने अर्का इन्जिनियर सीमासिंह ठकुरीले आफूहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुषालले उत्साह, उमंगका साथ समयमै भूकम्प प्रभावितको बस्तीमा पुगेर पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गरेका थिए । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पुनर्निर्माण खटिने इन्जिनियरहरूको बिमालगायतमा समेत विशेष ध्यान दिनुपर्ने बताए । भिम गौतमले कारोबार दैनिकमा लेखेका छन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved