पत्रकार रवि लामिछानेले नेपाली नागरिकता त्यागेको खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 06:05:52 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र र सार्वभौम राज्यहरुले सुरक्षा र सञ्चारजस्ता संवेदनशील क्षेत्रमा अनागरिकलाई बिनाशर्त संलग्न गराउँदैनन् । तर, हाम्रो मुलुकमा भने यस्ता कुरामा त्यति ध्यान दिने गरिएको छैन ।

निकै मानिसले मन पराएर हेर्ने न्युज ट्वान्टी फोरको जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने नेपालको नागरिक नरहेको थाहा लागेको छ । रविले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको नेपाल बस्न गृह मन्त्रालयमा पेस गरिएका कागजातले प्रमाणित गरेका छन् ।

विदेशीले नेपाल प्रवेश गर्न वा यहाँ केही समय बस्न पर्यटक भिसा, नाता सम्बन्धको भिसा वा अध्ययनलगायत भिसा लिन सक्छन् । यसका लागि नेपाल सरकारलाई डलरमै निर्धारित शुल्कसमेत बुझाउनुपर्छ । रवि पनि यस्तै हैसियतमा नेपाल बसिरहेका छन् ।

उनले भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामिछानेको भाईका रुपमा गैरपर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाल बस्न विदेशी नागरिकले भर्नुपर्ने फाराममा रविले आफ्नो पार्सपोर्ट नम्बर ५१२९६६९८१ र देशको नाम उल्लेख गर्नुपर्ने कोष्ठमा अंग्रेजी अक्षरको युएस (अमेरिका) लेखेका छन् । साथै हरिश्चन्द्र लामिछाने आफ्ना दाजु भएको नाता प्रमाणपत्र पनि राखेका छन् । नेपालीसँग बिहे गरेका विदेशी वा नेपालमा नाता-सम्बन्धी भएकाले बस्न चाहेमा सरकारले एकपटकमा बढीमा एक वर्षसम्मको स्वीकृति दिने गर्छ । यसै प्रावधानअन्तर्गत रविले पनि सन् २०१८ सेप्टेम्बरसम्म नेपाल बस्ने अनुमति प्राप्त गरेका छन् ।

गैरपर्यटक नातासम्बन्धी भिसा दुई प्रकारका छन् । एउटा नेपाल आएर बसेपछि एक वर्षसम्म आफ्नो मुलुक जान नपाउने र अर्को विदेशी मुलुकमा नातासम्बन्धी भिसा लिएर बसे पनि आफ्नो देशमा ओहोरदोहोर गर्न पाउने । यसका लागि सरकारले दुई थरी शुल्क निर्धारण गरेको छ । एक वर्षसम्म नेपालमै बस्ने हो भने मासिक ५ का दरले जम्मा ६० डलर र आफ्नो मुलुकमा जाने आउने सुविधा लिँदा जम्मा एक सय २० डलर लाग्छ ।

रविले एक सय २० डलर तिरी मल्टिपलभिसा लिएका छन् । नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोकप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साँच्चै नेपाल र नेपालीको भलाइप्रति गम्भीर देखिन्छन् । उनको यो गम्भीरता सक्कनी नै हो भने के उनी विदेशी नबनी नेपालमै फर्कन तयार होला ? आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved