‘ज्वाइँ’ले नै लिए धनीमानीको ज्यान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 06:52:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भन्छन् नि, कुरा बिगारेपछि पुलिस र गुण्डाको त्यत्ति भर नपर्नु । असोज २३ गते अपराह्न पौने ३ बजे बानेश्वरको कात्यायनी चोकमा मारिएका निर्माण व्यवसायी संघका अध्यक्ष शरद् गौरचनलाई भएछ यस्तै ।

अघिपछि ‘ज्वाइँ सा’ब–ज्वाइँ सा’ब’ भन्दै अरुलाई पनि फलानो त मेरा ज्वाइँ नि भन्थे । तर, गुण्डालाई केको नाता, केको जात ! घटना भएको दुई महिनालगत्तै खुल्यो, उनै ज्वाइँ सा’ब भन्ने गरिएका समीरमानसिंह बस्न्यात शरद् गौचन हत्याका मुख्य योजनाकार हुन् र उनलाई प्रहरीले मंसिर १५ मा पक्राउ गरी १७ गते सार्वज्निक पनि गरिसक्यो ।

समीरले १० वर्ष पहिले थकाली (शेरचन)की छोरीसँग प्रेम विवाह गरेका थिए । नेपालका सबै थकालीको थलो, मुस्ताङ बाह्रगाएँ । त्यही नाताले हो, गौचनले उनलाई ज्वाइँ भन्ने गरेको ।

अरुसँग कुराकानी

घटनापूर्व र लगत्तै समीरले गौचननिकटका ठेकेदारलाई फोन गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीले ती व्यवसायीसँग सोध्ये । मार्नुअघि एक करोड रुपैयाँ फर्काउने कुरामा सहयोग गर्नुपर्यो भन्थे । मरिसकेपछि अरु पनि मर्न सक्छन्, मेरो पैसाचाहिँ फिर्ता चाहिन्छ भन्ने गरेको ती व्यवसायीले प्रहरीलाई बताएका छन् ।

दुई वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेको ठेकेदार कम्पनी गजुरमुखी कन्स्ट्रक्सनको साढे दुई लाख रुपैयाँ समीरले नै शरद्को डाँफे कन्ट्रक्सनको खातामा हालिदिएका दिए । त्यसमध्ये डेढ करोड घैंटेको र बाँकी एक करोड आफ्नो भएको भन्दै पैसा फिर्ता मागेका थिए । सो रकम घैंटेभन्दा अघि दिनेश अधिकारी चरीको हत्या भएकै बेलादेखि समीर काठमाडौंमा खलेआम हिँड्न छाडेका थिए ।

शरद्ले आफ्नो कारोबार मिल्न बाँकी रहेको र केही समयपछि बताउने गरेका थिए । तर, समीरलाई घैंटेको परिवारसँग गर्ने सल्लाहसँग सरोकार थिएन । एउटै अड्डी थियो, ‘मलाई मेरो पैसा चाहियो ।’ घटनापछि समीरले फोन गरेका एकजना ठेकेदारले उनीसँग झगडै गरे । भने, ‘किन मार्यौ ? हामीले तिम्रो पैसा उठाइदिन्छों भनेकै थियौं । अबर कहाँबाट पाउँछौ ?’ तर, त्यसो भन्ने ठेकेदारलाई पनि धम्क्याउन भ्याएका रहेछन्, ‘तिमीले पनि होस् गर !’ जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved