मुस्लिमबाट १२ सांसद, जसले जिते चुनाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 06:18:02 AM मा प्रकाशित

laxmi  sunrise bank

वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ९ जनाले जितेका हुन् ।

२ नम्बर प्रदेशमा दुई र ५ नम्बर प्रदेशमा एक मुस्लिमले प्रतिनिधिसभा चुनाव जितेका छन् । प्रदेशसभाका निर्वाचित ९ मध्ये सबभन्दा बढी दुई नम्बर प्रदेशका छन् । १ नम्बर प्रदेशबाट १, २ नम्बरबाट ६ र ५ नम्बर प्रदेशबाट २ जना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका ५ मध्ये कसैले पनि जित्न सकेनन् । प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सबै पार्टीबाट गरी १३ मुस्लिम उम्मेदवार थिए ।

मधेसी गठबन्धनबाट उम्मेदवार भएका संघीय फोरमका मोहम्मद इस्तियाक राईले बाँके २ मा ५ हजार ६ सय २४ मतान्तरले चुनाव जिते । २०६४ को पहिलो संविधानसभा पनि जितेका पूर्वमन्त्री राईले सूर्य चिह्न लिएर चुनाव लडेका स्वतन्त्र समूहका पशुपतिदयाल मिश्रलाई पराजित गरेका हुन् ।

रौतहट २ मा वाम गठबन्धनबाट उम्मेदवार भएका एमालेका मुस्ताक आलम कांग्रेस उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमबाट पराजित भए । आफताबले १८ हजार ८ सय ३३ मत ल्याउँदा पूर्वराज्यमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार मुस्ताकले ९ हजार ७ सय ९७ मत प्राप्त गरे ।

दोस्रो संविधानसभा ०७० को चुनावमा भने मुस्ताकले कांग्रेसका आफताबलाई हराएका थिए । त्यतिबेला उनी फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

बारा ४ मा राजपाबाट चुनाव लडेका एकबाल मियाँले वाम गठबन्धनका उम्मेदवार एमालेका देवनारायण थारूलाई १ हजार ६ सय ६७ मतले पछि पार्दै चुनाव जिते ।

वनको जागिर छाडेर उम्मेदवार बनेका मियाँले २२ हजार २ सय ७५ र थारूले २० हजार ६ सय ८ मत ल्याएका थिए । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved