मलेसियाले कामदारका लागि नयाँ बिमा योजना ल्याउँदै, नेपाली कामदार लाभान्वित हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 07:16:55 AM मा प्रकाशित

laxmi sunrise bank

मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो ।

विदेशी कामदारलाई लक्षित गरि ल्याउन लागिएको उक्त गैर लाभकारी स्वास्थ्य बिमा योजना मलेसियाली संसदको उपल्लो सभाले गत बिहीबार पारित गरेको हो । उक्त योजनाअन्तर्गत विदेशी कामदारले सस्तो शुल्कमा बिमा सेवा लिन सक्नेछन् । 

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उक्त बिमा योजना आगामी वर्षदेखि लागू हुनेछ । उसले विदेशी कामदारहरुका लागि ‘अनिवार्य स्वास्थ्य बिमा योजना’ लागू गर्न लागेको हो । मलेसियामा कार्यरत नेपाली लगायत सबै विदेशी कामदारले यसबाट लाभ लिन सक्नेछन् । 

‘निजी क्षेत्रले उपलब्ध गराउँदै आएको बिमा सेवा शुल्कको तुलनामा यो कम शुल्कमा उपलब्ध गराइने वैकिल्पक सुरुवाती पहल हो,’ स्वास्थ्यमन्त्री डा. एस सुब्रामानियमले भनेका छन्, ‘यस योजना विदेशी कामदारहरुका लागि आगामी वर्षदेखि लागू गरिनेछ ।’

सरकार आफैंले ल्याउन लागेको यो बिमा योजना निजी कम्पनीहरुबाट उपलब्ध भएको योजनाको तुलनामा सस्तो पर्ने भएकाले धेरै विदेशी कामदारहरुले लाभ लिने र उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास मलेसियाको छ । यद्यपी यसको कार्यान्वयन गर्नेबारे थप प्रक्रियाहरु निर्धारण हुन बाँकी नै छ । 

विदेश जाने कयौं नेपाली कामदारको स्वदेशमै स्वास्थ्य बिमा गर्ने भएपनि कयौंको म्याद गुज्रने गरेको समस्या छ । क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा मृत्यु हुनेमध्ये झण्डै आधाजसो विभिन्न कार्य क्षेत्रमा हुने दुर्घटना, सडक दुर्घटनाका कारण मृत्यु हुने एवं कयौं अंगभंग हुने गरेको देखिएको कान्तिपुरमा खबर छ । 

विदेशमा अंगभंग हुँदा कतिपय बिमा दाबीसम्बन्धी पर्याप्त ज्ञान र प्रक्रियाबारे जानकारी नहुँदा उनीहरु बिमा प्राप्त गर्नबाट बञ्चित हुँदै आएका छन् । कतिपय रोजगारदाताको असहयोगका कारण पनि विदेशमा गरिने बिमाबाट बञ्चित हुने गरेका छन् ।

मलेसियामा यसअघि अक्टोबरमा आर्थिक वर्ष २०१८ को बजेट घोषणापत्रमा प्रधानमन्त्री नाजिव रजाकले स्वास्थ्य क्षेत्रको सुधार गर्न यस बिमा योजनालाई प्रवर्द्धन गर्न सवा अर्ब रुपैयाँ (५० मिलियन रिंगिट) छुट्याइएको घोषणा गरेका थिए । हाल ल्याउन लागिएको बिमासम्बन्धी यो नयाँ योजनाबाट विदेशी कामदारले निजी स्वास्थ्य संस्थामा उपचारका लागि व्यहोर्दै आएको आर्थिक भार कम हुने विश्वास मलेसियाको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved