डीस होमको ४० करोड बराबरको साधारण सेयर: कहिले हुन्छ निष्कासन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 21, 2017 | 07:24:33 AM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको  छ ।कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो ।

हाल दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणबाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए ।नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुरा गर्दा आगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ ।भुवन पाैडेलले  कारोबार दैनिकमा  खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved