उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:56:03 AM मा प्रकाशित

laxmi  sunrise bank

 उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदुषण थप बढेको छ। सरकारी मापदण्डभन्दा वायु प्रदुषण दर पाँच गुणासम्म बढेको छ। विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदुषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर उपत्यकाको वायु प्रदुषणको दर १४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ ।

सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घण्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी ।

३६ प्रतिशत प्रदुषण सवारी साधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदुषणमा सवारी साधन र सडकका धुलो जिम्मेवार छन् । अन्नपुर्णपोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved