निर्वाचनबारे बाहय दृष्टिकोणः भ्रम चिर्न चुकेकै हो नेपाल ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 26, 2017 | 07:44:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको राजनीति आन्तरिकभन्दा बाह्य सम्बन्धका कारण अलमल हुने गरेको छ । नेपालका विषयमा विदेशका सञ्चार माध्यमहरूमा अनेक थरी लेख तथा समाचार आइरहेका हुन्छन् । विदेशमा नेपाललाई कसरी हेरिएको छ वा प्रस्तुत गरिएको छ भन्ने विषयमा नेपालका राजनीतिक दलभित्र खासै छलफल हुँदैन ।

विदेशी पत्रिकामा लेखिएका विषयमा नेपालका कूटनीतिक नियोगहरूले प्रतिवाद गरेको पनि पाइँदैन । विदेशी सञ्चारमा नेपालको विषयमा भ्रम फैलाउने खालमा समाचार पनि आइरहेका छन् । यस्ता समाचार आउँदा दलहरूसमेत चुप रहने गरेका छन् । प्राय: त्यस्ता लेखमा कसैले ‘काउन्टर ओपेनियन’ पनि दिएको पाइँदैन ।

नेपालको पछिल्लो चुनावी नतिजा केलाउने क्रममा केही विदेशी मिडियाले नेपाल चीनको पक्षमा गएको समेत टिप्पणी गरेका छन् । नेपाली राजनीतिबारे गरिने यस्ता टिप्पणीहरूमा भारत या चीनलाई जोडिएका हुन्छन् ।

नेपालकै वस्तुस्थिति केलाएर नगण्य विश्लेषण हुने गरेका छन् । यसरी अरूसँग जोडिनु नेपाल एक्लिएको वा उनीहरूकै ‘आँखा’ बाट नेपाललाई हेरिएको रूपमा बुझ्नुपर्ने हुन्छ ।

यसबाट के पनि बुझ्न सकिन्छ भने पश्चिमा र शक्ति मुलुकहरू नेपाललाई दक्षिणी छिमेकी भारतका ‘आँखा’ मार्फत हेर्ने गर्छन् । यस्तो नीतिमा अहिले पनि खासै परिवर्तन आएको छैन । हुन त चीनको अग्रसरता पनि नेपालमा कम छैन ।

आफ्नो राजनीतिक दस्तावेजबारे नेपालमा बहस चलाउनेदेखि अन्य विकास परियोजनामा समेत चीन नेपालमा प्रवेश गरिसकेको छ । तर, चीनको प्रवेश र पश्चिमा आँखा सन्तुलन अहिले त्यति सहज छैन । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved