क्याविनेटमा भनाभन, कमल थापाले आफ्नै मन्त्रीको राजीनामा मागेपछि…

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 30, 2017 | 07:14:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अघिपछि भन्दा बेग्लै दृश्य देखियो बिहीबारको मन्त्रिपरिषद् बैठकमा । प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रिय सभासम्बन्धी अध्यादेशसहितमा छलफल हुने अपेक्षाविपरीत मन्त्री–मन्त्रीबीच भनाभन र सचिवहरूप्रति गुनासो देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकछिन अलमलमा परे ।

सचिव सरुवाको विषयमा राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागे । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।

आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए ।

‘मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो  ? ’ थापाले उक्त प्रश्न राख्नासाथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले जानकारी दिए। कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved