चीनले अन्तिम रूप दिएपछि भारतसँगको परनिर्भरता सदाका लागि हट्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 06:08:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले चीनको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्ने विषयमा भएको सम्झौताअनुसार प्रोटोकल तयार भएको छ । नेपालले प्रोटोकललाई अन्तिम रूप दिएर चीन पठाएको छ । चीनले अन्तिम रूप दिएपछि नेपालको भारतसँगको परनिर्भरता सदाका लागि हट्नेछ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेपालका तर्फबाट प्रोटोकललाई अन्तिम रूप दिएको जानकारी दिए । उनले भने, ‘हामीले अन्तिमरूप दिएर चीन पठाएका छौं । उताबाट आएको छैन । प्रोटोकले अन्तिमरूप लिएपछि नेपालले चीनको कुन बन्दरगाह कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्र्रमणका समयमा चीनसँग नेपालले पारवहन सम्झौता गरेको थियो । त्योभन्दा पहिला नेपाललले भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । नाकाबन्दीका कारण भारतको बाटो भएर तेस्रो देशबाट आयात गरिएका सामान समेत नेपाल आउन नसकेपछि चीनको बाटो प्रयोग गर्ने विषय अगाडि आएको थियो ।

लामो समयदेखि नेपालले कोलकातालाई अन्तर्राष्ट्रिय बन्दगाहका रूपमा प्रयोग गर्दै आएको छ । बंगालको खाडीसँग जोडिएको हुगली नदीको जलाधारमा बनेको यो वन्दरगाहमा तीन सयभन्दा बढी कन्टनर बोकेको जहाज आउन सक्दैन । यसले गर्दा ठूला जहाज सिंगापुर, श्रीलंका र हङकङमा जहाज फेर्नुपर्ने वाध्यता छ ।

कोलकाताको विकल्पका रूपमा भारतको अर्को वन्दरगाह विशाखापटनम् प्रयोग गर्ने प्रयास डेढ दशकदेखि छलफलमा मात्र सीमित छ । नेपाल र चीनबीच प्रोटोकलमा सहमति भए पनि पूर्वाधार अभावमा तत्कालै अन्तर्राष्ट्रिय बन्दरगाहा प्रयोग गर्न सक्ने अवस्था नभएको नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बताए ।

सबै मौसममा चल्नसक्ने नाकाका रूपमा रहेको तातोपानी नाका चीनले भूकम्पपछि सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष श्रेष्ठले केरुङबाट सोचे अनुसारको काम हुन नसकेको बताए । उनले भने, ‘तातोपानीको विकल्प अहिलेसम्म देखिएको छैन । पूर्वाधारको अभावमा केरुङाट काम हुन सकेन । बाटो नभएपछि चीनसँग व्यापार कसरी गर्न सकिन्छ ।’

बीआरआईका सदस्य राष्ट्रको हिसाबले नेपालले चीनसँग कनेक्टिभिटिमा सहमति जनाइसकेको छ । बीआरआई परियोजनाअन्तर्गत चीनले काजकिस्थान र तुर्कमिनिस्थानलाई युरोपसँग जोड्दैछ । सम्भवत नेपालले युरोप यात्राका लागि यही बाटो प्रयोग गर्नु पर्नेछ । नेपालबाट चिनियाँ बन्दरगाह भारत र बंगलादेशको बन्दरगाहभन्दा दूरीका हिसाबले निकै टाढा पर्दछन् ।

यो प्रोटोकलमा सहमति भएपछि नेपालले चीनसँग पारवहन सुविधा लिन सक्नेछ

वीआरआई परियोजनअन्तर्गत चीनले नेपाललाई रेलसँग जोड्न चासो व्यक्त गर्दै आएको छ । सन् २०२५ मा केरुङमा आउने रेललाई काठमाडौंं जोड्ने विषयमा चिनियाँले प्रारम्भिक अध्ययन समेत गरिसकेका छन् । ट्रान्जिट प्रोटोकलमा सहमति भएपछि नेपालमा चीनको बाटोभएर जाने सामान रेलका माध्यमबाट मात्र जाने देखिन्छ । चीनले नेपाललाई दिने भनेका दुई बन्दरगाह दक्षिण कोरिया नजिक पर्दछन् ।

सचिव घिमिरे नेपाललाई कुन बन्दरगाह प्रयोग गर्दा फाइदा हुन्छ भन्ने विषयमा प्रोटोकलको काम सकिएपछि छलफल हुने बताए । उनले भने, ‘यसको फाइदा हामीले कसरी लिन सकिन्छ त्यसपछि मात्र छलफल हुन्छ । अहिले प्रोटोकलका विषयमा मात्र हामी केन्द्रित भयौं ।’ अन्नपुर्णपोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved