‘पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्ट’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:14:15 AM मा प्रकाशित

laxmi  sunrise bank

राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ। नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो।


खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ। एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ। विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट (आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने) चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताए।


एमआरपीलाई ई–पासपोर्टमा लैजाने तयारीस्वरुप सरकारले दुई बर्षअघि नै लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाएको हो। सहजताका लागि अझै पनि आवेदन फारम बुझ्ने गरिएको छ। जनताको सुविधा हेरिएको बताइए पनि यो जिम्मेवारीबाट पन्छिने कार्य भैरहेको एक अधिकारीले बताए। एमआरपी छपाई गरिरहेको फ्रान्सेली कम्पनी ओभरथरले नै लाइभ इनरोलमेन्टका लागि प्रविधि उपलब्ध गराएको छ। ई–पासपोर्टको संरचना हुने गरि त्यो प्रक्रिया मिलाइएको भए पनि अहिले त्यो उत्साहजनक भने हुन नसकेको अधिकारीहरु नै बताउछन्। हस्तलिखित राहदानीलाई पूर्ण रुपमा विस्थापित गरिसकेको राहदानी विभाग पासपोर्टको चापमा छैन। अव यस्तै सुरक्षाका विशेषता थप्दै आफ्नो मुलुकको पासपोर्टलाई बलियो र गर्विलो बनाउने तर्फ लाग्नुपर्ने सुझाव परराष्ट्रका अधिकारीहरुको छ। दैनिक सात हजारसम्म पासपोर्ट छापेको विभागले अहिले दैनिक बढिमा दुई हजार सात सयमात्र छाप्ने गरेको छ। यो छपाई कहिलेकाही निकै घटेको तथ्यांक पनि छ।


वैदेशिक रोजगारीमा गएका केही नेपालीसँग अझै पनि हस्तलिखित पासपोर्ट भए पनि फर्कने क्रममा उनीहरुले एमआरपी बनाएका हुन्छन्। मलेसिया, साउदी अरबको रियाद र जेद्दा, युनाईटेट अरब इमिरेट्स (युएई), कुवेत, कतार, हङकङ, अमेरिका (डिसी र न्युयोर्क), बेलायतमा ‘लाइभ–इनरोलमेन्ट’ छ। तर, ती दूतावासहरुले लाइभ इनरोलमेन्टभन्दा बाहिरबाट पनि फारम पठाइरहेका छन्। दुरी र असुविधाको कारण देखाएर त्यसरी राहदानी बनाउदा गलत ब्यक्तिले पनि त्यस्तो राहदानी लगेको हुनसक्ने आशंका राहदानी बिभागको छ। ‘राहदानीका लागि आवेदन फारम सम्वन्धित ब्यक्तिले नै बुझाउन आउनुपर्छ। हुलाकबाट पठाउदा गलत ब्यक्तिले पठाउन सक्ने सम्भावना रहन्छ। यसमा दूतावास सचेत हुन जरुरी छ। टाढा रहेका छन भने सूचना जारी गरेर विभिन्न स्थानमा मोवाइल पासपोर्ट आवेदनको लाइभ इनरोलमेन्ट समेत राख्न सक्ने उपकरण हरेक दूतावासलाई उपलब्ध गराइएको छ। कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved