६ दलको समानुपातिक सूचीमा त्रुटि, सच्याउन तीन दिनको समय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:15:37 AM मा प्रकाशित

laxmi  sunrise bank

 निर्वाचन आयोगले ६ राजनीतिक दललाई प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित गर्न प्रस्तावित नामावली सच्याउन पत्राचार गरेको छ । आयोगले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो ।

आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कानुनअनुसार सूची मिलाएर पठाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटिी देखिएको छ । आयोगले ती दललाई त्रुटि सच्याउन तीन दिनको समय दिएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved