माननीयको ट्वीटर आतंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 07:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

गत पुस १२ गते एक अनलाइनमा म्यादी प्रहरीको आन्दोलनका कारणबारे एक समाचार प्रकाशित भएको थियो । जसलाई ‘कोट’ गर्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्वीट गरिन् – ‘छानवीनबाट तथ्य उजागर गर्न सकारात्मक हो, दायित्व यहीबाट शुरु हुन्छ, आचरणविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याऊ’ उनले नेपाल प्रहरीलाई ट्वीटरमार्फत यसरी आदेश दिएकी थिइन् 

अन्सारीको ट्वीटरमा खासगरी प्रहरीलाई यसो गर, उसो गर भनेर दैनिक जसो यस्ता आदेशहरु दिएकाृ पढ्न पाइन्छ । त्यसमध्ये कतिपय समाजिक सञ्जालमा चलेको हल्ला र तथ्यहीन समाचारलाई समेत आधार बनाइएको हुन्छ ।

दुई साता अघि विराटनगरमा प्रहरीले भन्सार छलीको गाडी बरामद गर्यो । एआईजी पशुपती उपाध्यायको गाडीलाई साइड नदिएकै कारण भारतीय नम्बर प्लेटको गाडीलाई भन्सार बुझाइएको हल्ला सामाजिक सञ्जालमा आयो । त्यसैलाई आधार मानेर उनले त्यो घटनाको प्रहरीलाई सामाजि सञ्जालमार्फत् ध्यानाकर्षण गराएकी थिइन् ।

सामान्यतया, सामाजिक सञ्जालले व्याक्तिको प्रतिनिधित्व गर्दछ, संस्थाको गर्दैन । तर, अन्सारी भने आफू मानव अधिकार आयोगकै सदस्यको रुपमा प्रहरीलाई सामाजिक सञ्जालबाटै निर्देशन दिने गरेकी छिन् । जुन निकै आश्चर्यजनक भएको प्रहरी अधिकारीहरु बताउँछन् । दृष्टि साप्ताहिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved