
 2mb (1).gif)
‘शनिबार प्रचण्ड आउनुभयो । उहाँको बडिल्याङ्ग्वेज, हाउभाउ हेर्दा छलकपट केही पनि देखिएन । एकता हुन्छ, ढुक्क हुनुस् !’सोमबारको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने, ‘समस्याचाहिँ कांग्रेसले सरकार कहिले छाड्छ भन्ने हो । यसमा पारिको पनि हात छ । कांग्रेसले जितेको भए हामीलाई यतिञ्जेल बसिखान दिँदैन थिए ।’
चुनावको परिणाम आएको लामो समय बितिसक्दा पनि निर्वाचन आयोग आफैंले संविधानको अपव्याख्या गर्दै नयाँ सरकार गठनको अवधि लम्ब्याउनुका पछाडि धेरैप्रकारका खेल हुनसक्ने अनुमान केपीको थियो । अर्थात्, निर्वाचन आयोगले गर्नुपर्ने, गर्न मिल्ने काम पनि नगरेको उनको गुनासो थियो । ‘हामीले पठाएका मान्छे पनि नालायक निस्किए,’ उनले भने ।
पार्टी एकताको अभ्यास चलिरहँदा अहिले एकीकृत पार्टीका वैचारिक पक्षहरु कसरी व्यवस्थापन गर्ने भन्ने बाहिरी बहस तिव्र छ । केपीले भने, ‘व्यक्तिगतरुपमा प्रचण्डले जनताको बहुदलीय जनवाद त मान्लान्, तर उनकै पार्टीका अरु मान्छेको प्रेसर कस्तो रहन्छ ? अहिले एउटा विचार छाडेर महाधिवेशनपछि बल्ल त्यसलाई अंगीकार गर्ने वा नगर्ने भन्ने कुरा हुनैसक्दैन ।’
एकतापूर्व विचार र नीति, कार्यक्रम, संगठनात्मक संरचना र अन्तरिम विधानबारे एउटै कार्यदल बनाएर कुरा निप्ट्याउने कि अलग-अलग विषयको लागि अलग-अलग कार्यदल बनाउने भन्नेबारे छलफल गरौं भन्दै केपीले एकता र सरकार गठन, दुवै कामको महत्व उत्तिकै रहने बताए । जनआस्था साप्ताहिकमा खबर छ ।