
 2mb (1).gif)
एक अनलाइन अन्तर्वार्तामा उपमहासचिव घनश्याम भुसालले पार्टी एकता हुने भएपछि जनताको बहुदलीय जनवादको ‘च्याप्टर क्लोज’ भएको बताएका थिए । यो बहस निक्कै रन्किएको छ । तर, सोमबारको बैठकमा स्वयम् घनश्याम उपस्थित थिएनन् ।
उनले यस्तो बोलेलगत्तै सञ्चार इलाका कमिटीले गरेको स्वागत कार्यक्रममा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकता भएकै दिनदेखि केपी, प्रचण्ड, माधव, झलनाथ, वामदेवलगायतका नेताले राजनीतिबाट सन्यास लिएर नेपालको शान्तिप्रक्रियाबारे अक्सफोर्ड युनिभर्सिटीमा महिनावारी १५ सय डलर पारिश्रमिक लिई क्लास लिन सुझाव दिएपछि केपी आगो भएका रहेछन् ।
सोमबारको बैठकमा यी दुई भाइका कुरामाथि टिप्पणी गर्न दुई-तीन घण्टाको समय लिए । घनश्याम लक्षित गर्दै भने, ‘यस्ता कुरा नगरे हुन्छ । मार्क्सवाद पनि होइन, त्यो पण्डित्याइँ मात्र हो ।’ योगेशबारे टिप्पणी गर्दै भने, ‘कति लामो प्रयासपछि बल्ल वाम एकता हुँदैछ । छाड्ने बेला भएकै छैन । अब यो एकता र प्राप्त उपलब्धिहरुलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि सिनियर नेताहरु सँगै बस भन्नुको सट्टा छोड्नु भन्नुको के अर्थ छ ? राम्रो नियतले उहाँले बोल्नुभयो भन्ने मलाई लाग्दैन ।’
उनले अगाडि भने, ‘युवाहरुलाई स्पेश दिनुपर्छ । हाम्रो पार्टीका अरु कोही नेताभन्दा यो विषयमा म सबभन्दा सिरियस छु । तर, भएजति बुढाखाडा जाऊ, हामी चलाउँछौं भन्ने कुराले उपलब्धिहरु संकटमा पर्दै जान्छन् ।’ जनआस्था साप्ताहिकमा खबर छ ।