निर्माण सामग्रीको कालोबजारी, दश वटा ट्रक नियन्त्रणमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 08:41:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा आज साँझ निर्माण सामग्री बोकेका दश वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

अनुगमन अधिकृत निरज घिमिरेका अनुसार केही दिन अघि सिमेन्ट र छडको मूल्यवृद्धि भएपछि विभागले निर्माण सामग्रीको कालोबजारी भएको भन्दै अनुगमन तीव्र बनाएको हो ।

विभागले हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ  आउँदै गरेको ट्रकलाई धादिङको धार्केमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले जानकारी दिए ।उनका अनुसार सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाहीको प्रक्रिया अघि बढाइने छ ।

चाडवाडका समयमा काठमाडौँ उपत्यकामा मात्र सीमित रही अनुगमन गरिरहेको विभागले पछिल्लो समय बजार व्यवस्थापन गर्ने क्रममा देशको विभिन्न स्थानमा गएर अनुगमन गरिरहेको छ । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved