पराजुलीको जन्ममिति खोज्दा सेनापति त्रस्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 08:17:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अदालतको मानहानीको आभियोगमा पक्राउ पर्नुभएका डा. गोविन्द केसी साधारण तारिखमा रिहा हुनुभए पनि प्रधानन्याधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छानबिन हुने भएको छ ।

केसीले पराजुलीमाथि जन्ममिति सच्याएर दुइवटा नागरिकता बनाएको र शैक्षिक प्रमाणपत्रसमेत लुकाएको आरोप लगाउनुभएको थियो । अदालतले प्रधानन्यायधीश पराजुलीलार्य नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ । उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठ्ने समाचारहरु सप्रमाण प्रकाशन भएका थिए । यसलाई निराधार ठहर्याउने प्रमाण पराजुलीले पेश गर्न सक्नुभएको थिएन ।

पराजुलीबारे निर्णय सम्मानित अदालतले गर्ने भएको छ । तर, उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रको खोजी भएसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्रीको मनमा चीसो परेको छ । उहाँले जन्ममिति सच्याएको प्रमाण्सहित समाचार प्रकाशन भएको थियो । उक्त समाचारलाई निराधार भनी प्रमाणित गर्न क्षेत्रीले सक्नुभएको थिएन । घटनालाई सामसुम पार्न सफल भए पनि क्षेत्रीको जन्ममिति सचयइएको विषय पुनः उठ्न सक्ने देखिएको छ ।

प्रधानन्यायधीशको जन्ममितिबारेको विवाद पुनः अदालतमा पुगेपछि सेनापतिको जन्ममितिको विषय पुनि पुग्न सक्ने देखिएको छ । यो प्रमाणित भएर अदालतले कानुन कमोजिमको निर्णय लिएमा उहाँले पदत्याग गर्नुपर्ने हुन सक्छ ।  विमर्श साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved