प्रचण्डको खबर केपीलाई- म केन्द्रीय सदस्य मात्रै रहन तयार छु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 06:36:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टो; स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने । यस्तोमा बिरामीको उपचार औषधिले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ ।

त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि । आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँहरुलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’

उनले अगाडि भनेका छन्, ‘संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स-साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ ।’

यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग बिच्किएर कांग्रेसको लोकतान्त्रिक गठबन्धनतिर गएका डा.बाबुराम भट्टराई केही दिनयता एमाले-माओवादीसँग बिग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा छन् । अर्थात्, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् ।

वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी-हाँसी नै मिलाउँछन् भन्दैछन्, वाम अगुवाहरु । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved