पूर्वराष्ट्रपति यादवको सेवासुविधा वृद्धि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 05:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो ।

‘मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन,’ २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ, ‘सवारीचालक र इन्धनसहितको २ वटा सवारी साधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन। इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम ।’

एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक वृद्धि ५० हजार रुपयाँ घरभाडा, मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन एकजना सवारी चालक २ सय ७ लिट मासिक इन्धन, २० लिटर मासिक मोबिल, एक जना उपसचिव तहको स्वकीय सचिव, एक जना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।  नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved